डा केसीको अनसन तोडाउन स्वास्थ्य मन्त्रीद्वारा प्रधानमन्त्रीसँग छलफल



Download our app to get more features

काठमाडौँ, १६ मंसिर । आमरण अनसनरत डा गोविन्द केसीको अनसन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षा मन्त्री धनिराम पौडेलबीच आज छलफल भएको छ । 

सरकारी पक्ष र डा केसी पक्षकावीचमा केहीदिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकास निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

छलफलका क्रममा स्वास्थ्य मन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए र प्रधानमन्त्री दाहालले सोही अनुरुप काम गर्न निर्देशन दिने बताइएको छ । 

स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा केसीको अनसन आज तोडाउनै पर्नेमा जोड दिएका छन् । 

प्रधानन्त्रीसँगको भेटपछि स्वास्थ्य मन्त्री थापा अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् ।
 

Last modified on 2017-07-25 16:04:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts