अब कार्यान्वयनको चरण:  स्वास्थ्य मन्त्री थापा



Download our app to get more features

काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रालयमा अव कार्यान्वयनको चरण सुरु भएको बताएका छन् । 
राज्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता तारामान गुरुङ्गलाई स्वागत गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले अहिले सम्म स्वास्थ्य क्षेत्र र मन्त्रालयका पात्र तथा प्रवृत्तिलाई अध्ययन गर्न बिताएकाले अव कार्यान्वयनको चरणलाई अभियानको रुपमा लैजाने जिकिर गरे ।
आफुले थप सहयात्रीको रुपमा आफ्नो आदरणीय नेता गुरुङ्गलाई पाएकाले अव काम गर्न थप सहज हुने मन्त्री थापाले विश्वास व्यक्त गरे । अहिले सम्म मन्त्रालयको राजनीतिक नेतृत्व मैले मात्रै गर्दै आईरहेकोमा अव जोडा भेटेको छु, जिम्मेवारी बाँडफाँड गरेर कामलाई तीव्रताका साथ अगाडी बढाउने छौं, मन्त्री थापाले भने ।उनले स्वास्थ्य मन्त्रालयमा क्षमतावान जनशक्ति रहेपनि त्यसको पर्याप्त उपयोग हुन नपाएको उल्लेख गर्दै अब सवैले महशुस गर्न सक्ने खालको परिवर्तन गर्न सक्रिय हुने विश्वास व्यक्त गरे । 
कार्यक्रममा नवनियुक्त राज्य मन्त्री गुरुङ्गले युवा नेताले सम्हालेको मन्त्रालय भएकाले आफुले पनि युवा जोश जाँगरका साथ काम गर्ने अठोट व्यक्त गरे । स्वास्थ्य मन्त्री थापाले धेरै प्रशंसनीय कामहरुको सुरुवात गरेकाले त्यसलाई अझ फराकिलो र प्रभावकारी बनाउन आफुले होस्टेमा हैसे गर्ने राज्य मन्त्री गुरुङ्गले बताउनु भयो । संखुवासभाबाट निर्वाचित साँसद गुरुङ्ग इमान्दार र पाका नेताका रुपमा परिचित छन् ।  

Last modified on 2017-07-26 12:20:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts