आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न नेपाल चिकित्सक संघको आह्वान
काठमाडौँ, १५ मंसिर – नेपाल चिकित्सक संघले विहीबार विहान १० देखी ११ बजेसम्म देशभरका चिकित्सकलाई आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न निर्देशन दिएको छ । डा गोविन्द केसीको जीवन रक्षार्थ भन्दै अस्पतालको सेवा बहिस्कार गर्न निर्देशन दिएको हो ।
आज विज्ञप्ती जारी गर्दै संघले चिकित्सकहरुलाई एक घण्टा सेवा छाडी अस्पताल प्रांगणमा उभिएर डा केसीको जीवन बचाउ अभियानमा लाग्न आहवान गरेको हो ।
यसअघिका अनसनमा माग पुरा गर्न दवाव स्वरुप भन्दै आन्दोलनको घोषणा गर्ने संघले यसपटक भने डा केसी बचाउ अभियानका लागि भन्दै विज्ञप्ती जारी गरेको छ । संघको यो घोषणासंगै विहीबार अस्पतालहरुको उपचार सेवा प्रभावित हुने देखिएको छ ।
Last modified on 2017-07-26 12:32:18