सुत्केरीको मृत्यु भएपछि कोशी अञ्चल अस्पतालमा तनाव



Download our app to get more features

बिराटनगर, १५ मंसिर । विराटनगर–१० की २० वर्षीय  गर्भवती महिला कमला अधिकारी लुइँटेलको कोशी अञ्चल अस्पतालमा सुत्केरी गराउन शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । 

३ दिन अघि शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रममा मिर्गौलाको नसा च्यापिएको भन्दै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।  तर उनको बाटैमा मृत्यु भयो । त्यसपछि कोशी अञ्चल अस्पतालको लापर्वाहीले सुत्केरीको ज्यान गएको भन्दै अस्पताल विहान १० बजेबदेखि तनावग्रस्त बनेको छ ।  मृतकका आफन्तले सुत्केरीको शल्यक्रियाको क्रममा लापरवाही गरेको भन्दै शल्यक्रिया गर्ने डा. मेलुना भुसाललाई कारवाहीको माग गर्दै नारावाजी सहित प्रदर्शन गरे ।

मृत्तकका आफन्तजनले डा. भुसाललाई कारवाही गर्न माग गरेपछि अहिले अस्पताल प्रशासन र मृत्तक परिवारबीच वार्ता भैरहेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले हाम्रो डक्टरलाई बताएका छन् ।  मृतकका तीनदिने छोरो भने स्वस्थ छिन् ।  कमलाका श्रीमान माधव सशस्त्र प्रहरी जवान हुन् । माधव र कमलाबीच एक वर्षअघि विवाह भएको थियो ।

तस्बिर–उद्घोष डटकम

Last modified on 2017-07-26 12:34:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts