२४ घण्टाभित्र केसीको माग पूरा नभए सरकारी चिकित्सकपनि आन्दोलनमा



Download our app to get more features

काठमाडौँ, १५ मंसिर । डा. केसी को जिवन रक्षाको लागि तत्काल २४ घण्टा भित्र के सीको  अनशन टुङ्ग्याउन सरकारी चिकित्सक संघ (गोदान)ले सरकार सँग माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गरि २४ घण्टा भित्र अनसन टुङ्ग्याउनु पर्ने भन्दै त्यसो नभएमा सरकारी स्वास्थ्य संस्थाहरूमा निर्वाध रुपमा सेवा प्रवाह हुन नसक्ने जानकारी गराएको छ ।

सरकारी चिकित्सक संघले डा. केसी को जिवन रक्षाको लागी जुन सुकै कदम उठाउन  पछि नहट्ने ब्योहरा सरकार, संसद र सम्बद्ध सबैमा जानकारी गराएको जनाएको छ  । 

अनशनको अठार दिन पुग्दा समेत निकास ननिस्कनुमा राज्य पक्ष सँगसँगै  स्वार्थ समुह सक्रिय भई सहमतिमा भाँजो हालेको आशंका गर्दै गोविन्द केसीको कदम प्रति संघले विज्ञप्ति मार्फत एक्येबद्दता जाहेर गरेको छ  ।
 

Last modified on 2017-07-26 12:52:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts