स्वास्थ्य राज्यमन्त्रीमा गुरुङ
काठमाडौं, १४ मंसिर ।
लामो समयदेखी मन्त्रीपदको लागि नाम छान्न नसकेका सत्तासाझेदार प्रमुख दल नेपाली काँग्रेसले अन्ततः १० राज्यमन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीले राज्यमन्त्रीको नामावली उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिकोे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आजै बुझाएको छ ।
कांग्रेसले बुझाएको नामावलीमा नेपाली कांग्रेस संखुवासभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेका छन् । सिफरिस सबै मन्त्रीले बुधबार सपथ ग्रहण गर्ने नेपाली काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।
Last modified on 2017-07-31 12:44:21