क्षयरोगीलाई पोषक तत्व वितरण



Download our app to get more features

भक्तपुर, १४ मङ्सिर । नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा भक्तपुरले यस वर्षको ६३ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा क्षयरोगका बिरामीलाई पोषक तत्व वितरण गरेको छ । 

सोमबार संस्थाले भक्तपुरमा आयोजना गरेको दिवस कार्यक्रममा क्षयरोगको औषधि सेवन गरिरहेका जिल्लाका आर्थिक अवस्था कमजोर भएका क्षयरोगका बिरामीलाई संस्थाका सभापति राम सिख्वः र निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले पोषक तत्व वितरण गरेका हुन् ।

कार्यक्रममा संस्थाका सदस्य बालकृष्ण श्रेष्ठ, पूर्व सभापति महेन्द्रलाल कायस्थ, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का फिल्ड कोअर्डिनेटर पार्वती थापाले क्षयरोग अन्त्यका लागि क्षयरोगी बिरामीलाई मनोपरामर्श दिनु आवश्यक रहेको औँल्याएका थिए । 

त्यसैगरी, सोमबारै नेपाल क्षयरोग निवारण संस्था केन्द्रले आयोजना गरेको दिवस कार्यक्रममा काठमाडौँ इन्जिनियरिङ क्याम्पसका अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका सदस्य हीरेनमान प्रधानलाई केन्द्रका अध्यक्ष देवेन्द्रबहादुर प्रधानले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेको छ । रासस
 

Last modified on 2017-07-26 13:53:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts