ब्रोकाउली सेवनले रोक्छः हृदयघात, क्यान्सर र डिप्रेसन

What's This?


Download our app to get more features

के तपाइँले ब्रोकाउलीको तरकारी खाने गर्नु भएको छ ? खाने गर्नुभएको छैन भने आजै खान थाल्नुस् ।  स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान प्रतिवेदन अनुसार ब्रोकाउली तरकारीको रुपमा मात्र होइन औषधिको रुपमा पनि उपयोग गर्न सकिने देखिएको छ । स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन अनुसार ब्रोकाउलीको तरकारी नियमित खानसके मुटु संग सम्बन्धित रोग न्युनिकरण हुने, क्यान्सर हुने खतरा कम हुने, मानिसलाई डिप्रेसनको खतराबाट जोगाउने लगायतका तथ्य प्रतिवेदनमा सार्वजनिक गरिएको छ  l
के हो त ब्रोकाउली ?
लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाईन्छ । यसमा नुनिलो पदार्थ पनि पाईन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ । ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ । जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सक्नु हुन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।
ब्रोकाउली खानुको ५ फाइदा :-

हृदयघात हुनबाट जोगाउँछ :
मुटुसंग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ ।  यसको सेवनले हृदयघात हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ ।
क्यान्सर हुने खतरालाई कम गर्छः
ब्रोकाउलीको सेवनले क्यान्सर हुने खतरालाई कम गर्छ  । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाईने तत्वहरुले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।
डिप्रेसनबाट जोगाउँछ :
ब्रोकाउलीको सेवनले डिप्रेसनको खतराबाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डिप्रेशनको खतरा बढ्ने हुन्छ ।  ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ । 
शरिरको इम्यून सिस्टम नियन्त्रणमा राख्छ:
ब्रोकाउली नियमति सेवनले शरिरलाई अत्यावश्यक आन्तरिक शक्ती लाई बढाउनमा मद्दत गर्छ । ब्रोकाउलीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाईन्छ । भिटामिन सी ले शरीरमा इम्यून सिस्टमलाई बढाउने काम गर्छ र संक्रमणबाट जोगाउनमा पनि मद्दत गर्छ ।
गर्भावस्थामा अति उत्तम:
गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको सक्रमणबाट टाढा राख्छ ।

(स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा)

 

Last modified on 2017-07-31 14:00:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts