सरकार र डा केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुने



Download our app to get more features

काठमाडौं १३ मंसिर ।  सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ ।

हिजो दिनभर भएको वार्ता निस्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले आज बिहान ११ बजेपछि वार्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । अरु विषयमा सहमति नजिक रहेपनि त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिनलाई बर्खास्ती गर्ने विषयमा कुरा मिल्न सकेको छैन ।

वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै अन्य चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धि विभिन्न माग राख्दै डा केसी १६ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनमा छन् । सरकारले शनिबार शिक्षा सचिव श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

डा केसीका तर्फबाट डा वाइपी सिंहको संयोजकत्वमा डा रञ्जन झा, डा सचित शर्मा, डा जीवन क्षेत्रीलगायत हुनुहुन्छ । हिजो शिक्षा मन्त्रालयमा गरेको वार्ता आज स्वास्थ्य मन्त्रालयमा गर्ने तयारी छ ।
 

Last modified on 2017-07-26 13:54:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts