डा. केसीसँग वार्ता गर्न बनेको सरकारी टोलीप्रति निजी मेडिकल कलेजको आपत्ति,

निजि क्षेत्रको पनि सहभागीता हुनुपर्ने माग 



Download our app to get more features

काठमाण्डौं, १३ मंसिर । सरकारले आन्दोलनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न टोलि गठन गरेसँगै नीजि मेडिकल कलेज संचालकहरुले त्यसको विरोध गरेका छन् । 
डाक्टर गोविन्द केसीसँग बार्ता गर्न टोलि गठन गर्दा नीजि क्षेत्रको संलग्नता नभएको भन्दै सरकारी वार्ता टोलि गठन प्रकृया प्रतिनै नीजि मेडिकल कलेज एशोशिएसनले आपत्ति जनाएको हो । एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर सुरेश कनोडियाले आफुहरुको सलग्नता बिना गठन गरिएको समिति नीजि क्षेत्रलाई मान्य नहुने भन्दै आपत्ति व्यक्त गरे । उनले केसीसँग वार्ता गर्न बनेको समितिमा आफुहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग राखे । 
नीजि क्षेत्रको अस्तित्व गिराउने किसिमले भएका वार्ता संवाद र त्यसबाट आएका निर्णयहरु प्रति एशोशिएसनको विरोध रहने डाक्टर कनोडियाको भनाइ छ । 

Last modified on 2017-07-26 13:57:04

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts