डा. केसीको अनशन प्रति त्रिवि प्राध्यापक संघद्वारा आशंका व्यक्त
काठमाण्डौ, १२ मंसिर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले डा. गोविन्द केसीका केही मागहरुको विरोध गरेको छ ।
संघले गोविन्द केसीको अनशन मूल्य मान्यता र भावना विपरित अघि बढेको निश्कर्ष निकालेको छ । आइतवार साँझ विज्ञप्ति निकाल्दै संघले केसी समर्थक त्रिवि उपकुलपति तीर्थ खनियाँको घर घेराऊ गर्न गएकोप्रति कडा आपत्ति जनाएको हो ।
केसी विधिभन्दा पनि व्यक्ति केन्द्रित आन्दोलनमा लागेको ठहर गर्दै संघले विश्वविद्यालय कुनै व्यक्तिको निर्देशनमा चल्न नसक्ने स्पष्ट पारेको छ । संघले डा. केसीका जायज मागप्रति आफुहरुको समर्थन रहेको पनि जनाएको छ । उनीहरुले केसीसँग यधाशीघ्र वार्ता गरी समाधान निकालेर उनको जीवनरक्षा गर्न संघले माग गरेको छ ।
विज्ञप्ति यस्तो छ ।
Last modified on 2017-07-26 13:58:56
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।