चिकित्सकविहीन आयुर्वेदालय



Download our app to get more features

झापा, १२ मङ्सिर । झापाका का क्षेत्रीयस्तरका आयुर्वेद केन्द्र चिकित्सकविहीन छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय अन्तर्गत सात क्षेत्रीयस्तरका उपचार केन्द्र सञ्चालनमा छन् । सरुवा भई अन्यत्र जाँदा र कतिपयमा दरबन्दी रिक्त भएका कारण ती केन्द्र चिकित्सकविहीन भएका हुन् । बाहुनडाँगी, बुधबारे, दुधे, बैगुनधुरा, शनिश्चरे, चकचकी र शरणामती गाविसमा आयुर्वेद स्वास्थ्य केन्द्र छन् । तीमध्ये पछिल्ला तीनमा छ महिनादेखि प्रमुख चिकित्सक (कविराज) नै छैनन् । 

शनिश्चरेका युवा समाजसेवी चतुर्भुज काफ्लेले शनिश्चरे स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा केन्द्र नै सुनसान बन्न पुगेको बताउए । उनले नियमित रुपमा केन्द्रबाट औषधोपचार गराइरहेका र निरास बन्दै फर्किने गरेका कतिपय निजी आयुर्वेद क्लिनिकतिर धाउन बाध्य भएको बताए । 

दरबन्दी बमोजिम आयुर्वेद कविराज र वैद्यलाई गाउँका केन्द्रमा छिटो पठाउने व्यवस्था मिलाउन स्थानीयवासीको माग छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख सकलदेव चौधरीले शाखामा चिकित्सकको अभाव रहेको स्विकार्दै एक हप्ताभित्र सबै शाखामा चिकित्सक उपलब्ध हुने आश्वासन दिए । उनले शरणामती र चकचकीमा दरबन्दी नै रिक्त भएकाले हालसम्म जिल्ला कार्यालयले नै सेवा प्रवाह गरिरहेको र बाँकी शाखामा सरुवा भएर कर्मचारी गएका कारण समस्या आएको राससलाई जानकारी दिए। रासस 

Last modified on 2017-07-26 14:01:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts