केसी पक्ष र सरकारी टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता जारी



Download our app to get more features

काठमाण्डौ, १२ मंसिर । सरकारी वार्ताटोली र अनशनरत गोविन्द केसी पक्षधरबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको छ ।
वार्तामा सरकारी वार्ताटोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेति छन् । त्यस्तै गोविन्द केसीको पक्षबाट प्रा.डा वाइपी सिंहको नेतृत्वमा प्रा.डा. राजेन्द्र वाग्ले, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री र डा. सागर पोखरेल सहभागी छन् ।

सरकाले हिजो वार्ताटोली बनाएसँगै गोविन्द केसी पक्षले पनि राति अबेर वार्ताटोली गठन गरेको हो । हिजैबाट वार्ता आरम्भ हुने भनिएपनि केसी समर्थकहरुलाई प्रहरीले दमन गरि हिरासतमा राखेको भन्दै केसीले वार्ता गर्न इन्कार गरेका थिए । शिक्षा मन्त्रालयमा जारी पहिलो चरणको वार्तामा केसी पक्षले डीन नियुक्ति खारेजी र निर्धारित मेडिकल शिक्षा लागू नभएको विषयमा जोड दिएका छन् । वार्तामा सहभागी एक सदस्यका अनुसार पहिलो चरणका वार्तामा केसी पक्षले आफ्ना् अडानका बारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराएका छन् ।

 

Last modified on 2017-07-26 14:02:07

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts