चिकित्सकहरुलाई आन्दोलनमा नउत्रन स्वास्थ्य सचिवको आग्रह



Download our app to get more features

काठमाण्डौं, १२ मंसिर । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले अनसनरत डा.गोविन्द केसीको माग छिटो भन्दा छिटो पुरा गर्ने बताएका छन् । 

सरकारले गठन गरेको दुई सदस्यीय वार्ता टोलीका सदस्य समेत रहनुभएका डा. उप्रेतीले केसीको धेरै माग पुरा भइसकेकोले अबको क्रममा पनि माग पुरा हुन्छ भन्नेमा आन्दोलनरत सबैलाई विश्वस्त हुन आग्रह गरेका छन् ।

डा. उप्रेतीले डा.गोविन्द केसीको मागप्रति सरकार गम्भिर रहेकाले चिकित्सकहरुलाई आन्दोलनमा नउत्रन आग्रह गरे । उनले सरकार डा.केसीको मागप्रति आन्तरिक गृहकार्यमा जुटेकाले वार्ता समिति गठनमा ढिलाई भएको स्विकार्दै सरकार आजदेखि निरन्तर वार्तामा रहने र जतिसक्दो चाडो माग सम्बोधन गर्नमा लागिपरेको बताए ।

बार्ता टोलीका सदस्य उप्रेतीले अनसनरत डा.केसीको माग संसदले पारित गरेका कानुन अनुसार डा केसीको माग सम्बोधन हुने बताए ।
 

Last modified on 2017-07-26 16:17:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts