सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता अन्योल 

What's This?


Download our app to get more features

काठमाण्डौं १२, मंसिर । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारीपक्षबीच आज हुने भनिएको वार्ता अन्योलमा परेको छ ।  डा केशीको सर्मथनमा काठमाण्डौंमा शनिवार भएको प्रर्दशनका क्रममा पक्राउ परेकालाई रिहाई नगरेसम्म वार्तामा नबस्ने केसी पक्षको अडाननपछि वार्ता अन्यौलमा परेको हो । 

पक्राउ परेका ३१ जनालाई रिहा गरे लगत्तै समय निर्धारण गरि वार्तामा बस्ने डा केसी सहयोगी डा जिवन क्षेत्रीले जानकारी दिए । सरकार वार्ताका लागी उदासीन भएको भन्दै डा. केसीका समर्थकले काठमाण्डौंमा हिजो प्रदर्शन गरेका थिए । उता, सरकारीवार्ता टोलीका सदस्य एवं स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीले वार्ताका लागि आफुहरु तयार रहेपनि केसी पक्षको अडानका कारण समय निर्धारण हुन नसकेको जानकारी दिनुभयो । वार्ताका लागि पहल भने जारी रहेको उनको भनाई छ ।  

तत्काल वार्ता समिति बनाएर समस्या समाधान गर्न नेपाल चिकित्सक संघले चेतावनी दिएपछि सरकारले हिजो शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र  स्वास्थ्य सचिव उप्रेतीको वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ताटोलीले त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा केशीलाई हिजो भेटगरि उहाँको माग सम्वन्धमा धारणा वुझेको थियो । चिकित्सा शिक्षा सुधारका लागि डा केसी दशौं पटक दुई साता यता अनसनमा छन् ।

 

Last modified on 2017-07-31 16:08:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts