डा. केसीका ३० जना समर्थक पक्राउ, पुलिसचौकीमै आमरण अनशन
काठमाण्डौ, ११ मंसिर । डा. गोविन्द केसी समर्थक ३० जनालाई प्रहरीले पक्राउ गरेको छ । केसीका पक्षमा आन्दोलनरत विद्यार्थी, चिकित्सक एवं बिबेकशिल दलका कार्यकर्ता कलंकीबाट पक्राउ परेका हुन् । उनीहरु आइओएममा वरिष्ठता मिचेर डीन नियुक्ति गरेको विरोधमा त्रिवि उपकुलपति तीर्थ खनियाँको घर घेराउ गर्न हिँडेका थिए । पक्राउ परेकाहरुलाई बाटो बाटै प्रहरीले नियन्त्रणमा लिएर कालिमाटी प्रहरी वृत पुर्याएको छ ।
पक्राउ पर्नेमा डा. तोषिमा कार्की, बिवेकशिल पार्टीका पुकार बम, ऋषव दाहाल, उपेन्द्र अधिकारी, विषाद दाहाल शशिविक्रम कार्की लगायत विद्यार्थी, एवं सर्वसाधारण पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुले आफुलाई बाटोबाटै किन पक्राउ गरियो भनेर प्रहरीसँग लिखित रुपमा जवाफ मागेको छ । उनीहरुले प्रहरी चौकीमै आमरण अनशनको पनि घोषणा गरेका छन् । उनीहरुले शान्तिपूर्ण धर्ना गर्न नै नदिई छापामार तरिकाले दमन गरिएको भन्दै प्रशासनको आलोचना गरेका छन् ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।