ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम



Download our app to get more features

रामपुर (पाल्पा), ११ मङ्सिर । चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् ।

जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताउँछन् । आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ छन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधँै खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् । विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताए । मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भन्छन्, “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।”

खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताए । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताइन् । आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो । रासस

 

 

Last modified on 2017-07-26 16:20:15

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts