डा. केसीसँग वार्ता गर्न समिति गठन
काठमाण्डौ, ११ मंसिर । चौध दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
केसीसँग वार्ता गर्न आज शिक्षासचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाइएको शिक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा वार्ताटोली बनाइएको बताइएको छ । दुई सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती सदस्य छन् । वार्ताटोलीले आजै पहिलो चरणको वार्ता गर्ने बताइएको छ ।
Last modified on 2017-07-26 16:21:15
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।