यी फल खाँदै हुनुहुन्छ ? बोक्रा नफाल्नुस् है !



Download our app to get more features

कुनैपनि फल खानुभन्दा पहिले हामीले त्यसको बोक्रालाई फ्याकि दिन्छौँ । तर विशेषज्ञहरुका अनुसार हामीले फलको बोक्रा फ्याक्नाले फलमा भएको पोषक तत्वलाई फ्याक्ने गर्छौँ ।

फलको बोक्रामा पर्याप्त मात्रामा पोषक तत्व पाईन्छ । यदि तपाई फलको बोक्रालाई पनि खान सुरु गर्नु हुन्छ भने तपाईको शरीरलाई अझ बढी फाइदा पुग्छ ।

स्याउ, काक्रो र सुन्तला जस्ता फलको बोक्रालाई स्वस्थ मुटु र ईम्युन सिस्टमलाई सुरक्षित बनाएर राख्नमा प्रयोग गरिन्छ । उसो त केहि फल यस्ता पनि हुन्छन् जसको बोक्रा कडा खालको हुन्छ र त्यसलाई पचाउन धेरै नै गाह्रो हुन्छ । यस्तो अवस्थामा त्यस्ता फलको बोक्रालाई अन्य तरिकाले खान सकिन्छ ।

यहाँ केहि यस्ता फलका बारेमा चर्चा गरिएको छ जसको बोक्रा खानाले स्वास्थ्यको लागि धेरै नै फाइदा जनक हुन्छ ः

१. सुन्तलाको बोक्रा 

सुन्तलाको बोक्रामा धेरै पोषक तत्वहरु पाईन्छ । यदी तपाई सुन्तलाको बोक्रा खान सक्नु हुन्छ भने यसले तपाईको मुटु संग सम्बन्धित धेरै रोगहरुबाट जोगाउन सक्छ । साथै यसले मुखको दुर्गन्धलाई पनि कम गर्छ र दाँतलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ । सुन्तलाको बोक्राले कब्जियतको समस्याबाट छुट्कारा दिलाउँछ । सुन्तलाको बोक्रा यत्तिकै खान गाह्रो छ, त्यसैले यसलाई सुखाएर चुर्ण बनाई प्रयोग गर्न सकिन्छ । 

२. अनारको बोक्रा

घाँटिमा भएको खसखसलाई हटाउन अनारको बोक्रा खानु उत्तम हुन्छ । साथै यसले गिजाको समस्यालाई पनि कम गर्छ । यसमा आइरन पर्याप्त मात्रामा पाइन्छ , जुन स्वास्थ्यका लागि धेरै नै आवश्यक तत्व हो ।

३. केराको बोक्रा

केराको बोक्रा हाम्रो स्वास्थ्यका लागि धेरै नै फाइदा जनक हुन्छ । केराको बोक्रामा केरा भन्दा बढी मात्रामा फाइबर हुन्छ । केराको बोक्रामा अमीनो एसिड पर्याप्त मात्रामा पाईन्छ । यदी तपाईको आँखामा संक्रमण भएको छ भने केराको बोक्रा खानु धेरै नै फाईदाजनक हुन्छ ।

४. तरभुवको बोक्रा

के तपाईलाई थाहा छ तरभुजको बोक्रा खानाले चाडैँ नै शरीरको तौल कम हुन्छ । उसो त तरभुजको बोक्रा खानु अलि गाह्रो छ तर तपाईले तरबुजको बोक्रालाई काक्रो जस्तै सानो सानो टुक्रा गरेर खान सक्नु हुन्छ ।

५. काक्रोको बोक्रा

काक्रोको बोक्रामा भिटामिन ए र के पर्याप्त मात्रामा पाईन्छ । यि दुई भिटामिन स्वास्थ्यका लागि धेरै नै राम्रो हुन्छ । साथै यसले पनि शरीरको तौल घटाउनमा मद्दत गर्छ । त्यति मात्र नभई यसले हाडहरुलाई पनि बलियो बनाउनमा मद्दत गर्छ ।

६. स्याउको बोक्रा

शायद तपाईलाई थाहा न होला तर स्याउको मुख्य पोषक तत्व उसको बोक्रामा हुन्छ । फ्लेवोनोयड्सले भरपूर स्याउको बोक्रा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै क्यान्सरबाट पनि जोगाउँछ ।

७. कागतीको बोक्रा 

कागतीको बोक्रा स्वास्थ्यको लागि निकै नै राम्रो हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई चाडँै नै बढाउँछ । साथै यसमा केही यस्ता तत्व पनि हुन्छन् जसले क्यान्सर हुनबाट जोगाउँछ । यसमा पाईने एंन्टी अक्सीडेन्ंट्स छालाका लागि धेरै नै फाइदा जनक हुन्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-26 16:25:55

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. k k paincha?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts