सरकारले डा. गोविन्द केसीले उठाएका माग पुरा नगर्ने
काठमाण्डौ, १० मंसिर । सरकारले डा. गोविन्द केसीले उठाएका माग पुरा नगर्ने भएको छ । सरकारले ,त्रिभूवन विश्वविद्यालयका उपकूलपति डा तीर्थ खनियाँलाई हटाउनुपर्ने केसीको माग जायज नभएको निस्कर्षसहित केसीको माग पुरा नगर्ने बताएको हो ।
शिक्षामन्त्री धनीराम पौडेलले केसीले उठाएका केही माग पुरा गराउन सरकार लागि परेको तर खनियाँका सन्दर्भमा उठाएका माग सम्भव नभएको बताएका हुन् ।
हाम्रो डक्टरलाई सक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पौडेलले तीर्थ खनियाँलाई हटाउने विषयमा सरकारले केहि नसोचेको र हटाउनुपर्ने आबश्यक नरहेको बताउनुभयो ।
उनले, सरकारले केसी कैै माग पुरा गराउन मनमोहन विधेयक फिर्ता गरेको, शुल्क र अस्प्तालको अनुबन्धनका विषयमा निर्णय गरेको पनि बताए ।
डा केसी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनसनमा छन् ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>