गायक लामिछानेलाई उपचारका लागि सहयोग



Download our app to get more features

भक्तपुर, ११ मङ्सिर । बिरामी भएर थलिएका लोकगायक बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । 

नगरकोट नगरपालिका बागेश्वरीस्थित लामिछानेको निवासमा पुगेर कलाकार दीपकराज गिरी र दीपाश्री निरौला लगायतको टोलीले उनलाई हिजो रु ५० हजार सहयोग गरेको हो । ‘पिँढीमा बसेर, मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर’, ‘बाखरी बाखरी’ जस्ता दर्जनाँै लोकप्रिय गीतका गायक लामिछाने पाँच वर्षदेखि पक्षाघात, मधुमेह र उच्च रक्तचापले थलिएर हिँडडुल गर्न समेत नसक्ने अवस्थामा छन् । 

कलाकार गिरीले कलाकारले भएको सम्पत्ति बेच्दै स्वास्थ्योपचार गर्ने अवस्था आउन नहुने बताए । सहयोग ग्रहण गर्दै गायक लामिछानेले आफूलाई कलाकारले सहयोग गरे पनि राज्यस्तरबाट हालसम्म कुनै सहयोग नभएको गुनासो गरेका थिए । रासस 
 

Last modified on 2017-07-27 13:27:54

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts