गाउँघर क्लिनिक सरकारलाई हस्तान्तरण
मलेखु (धादिङ), १० मङ्सिर । दक्षिणी धादिङको जीवनपुर – ७ भदौरेचौरमा निर्मित गाउँघर क्लिनिक जिल्ला स्वास्थ्य कार्यालयलाई आज हस्तान्तरण गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा कोसोक नेपालले निर्माण गरेको सो भवनको साँचो जिल्ला स्वास्थ्य कार्यालयका खगेन्द्र राईले जीवनपुर स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण साहलाई हस्तान्तरण गरेका हुन्।
चौतारामा बसेर गाउँघर क्लिनिक सञ्चालन गर्दा समस्या आएपछि गाउँघर क्लिनिक निर्माण गरिएको हो । खानेपानी, शौचालय र गाउँघर क्लिनिकलाई आवश्यक पर्ने प्रशासनिक सामग्री र अत्यावश्यक भाडा समेत उपलब्ध गराइएको छ । वल्र्ड भिजनको सहयोगमा कोसोक नेपालले धादिङका जीवनपुर, खाल्टे, सल्यानकोट र गुम्दी गाविसमा दुई दुईका दरले आठ गाउँघर क्लिनिक निर्माण गरी जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिने कोसोक नेपालका कार्यक्रम संयोजक पुरुषोत्तम निरौलाले जानकारी दिए । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।