रुपन्देहीमा एक सय ६ जनामा डेङ्गु



Download our app to get more features

लुम्बिनी, १० मङ्सिर । रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । 

‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताए । 

जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको पाइएन । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । लामखुट्टे निष्क्रिय हुन तापक्रम १६ डिग्रीभन्दा तल हुनुपर्छ’ शाहले भन्नुभयो, “रुपन्देहीको तापक्रम २० भन्दा तल झर्न गाह्रो छ ।’ 

‘रुपन्देहीमा डेङ्गु पूर्णरुपमा नियन्त्रण गर्न चुनौती देखियो’ शाहले भने। बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा दुई, लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीन, रुद्रपुरमा दुई र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखाँची र बाग्लुङबाट रुपन्देहीमा आएका व्यक्तिमा देखिएको शाहले जानकारी दिए । 

सङ्क्रमित बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल, बुटवल हस्पिटल प्रालि, मेडिटेक हस्पिटल प्रालि, सिद्धाथसिटी हस्पिटल भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको कार्यालयको भनाइ छ । 

सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ । रासस 

Last modified on 2017-07-27 16:11:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts