टिचिङ्गको बालरोग विभागमा एक करोडको उपचार कोष
काठमाण्डौं, १० मंसिर । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग विभागमा स्थापना गरिएको ‘इन्द्र जवाहर स्वास्थ्य उपचार कोष’मा थप ५० लाख जम्मा गरी एक करोड पुर्याइएको छ ।
२०६६ सालमा १० लाखबाट सुरु गरीएको उक्त कोषमा हाल ५० लाख रहेको र ५० लाख थप गरी एक करोड पुर्याइएको हो ।
शिक्षण अस्पतालको बालरोग विभागमा उपचारार्थ आउने असहाय बिरामीहरुको उपचारका लागि कोष स्थापना गरीएको हो । ‘इन्द्र जवाहर स्वास्थ्य उपचार कोष’का संस्थापिका जवाहर देवी श्रेष्ठको ९३ औं जन्मोत्सव कार्यक्रममा ५० लाख थप भएको जानकारी गराइएको छ ।
असहाय तथा विपन्न बाल बालिकाहरुको उपचार प्राप्त गरी लाभान्वीत भएको हुँदा यस अक्षय कोषमा ५० लाख थप गरी एक करोड पुर्याइएको जवाहर देवी श्रेष्ठका छोरा रविभक्त श्रेष्ठले बताए ।
उक्त कोषबाट आउने व्याजबाट गतवर्ष २८ जनाले स्वास्थ्य उपचार पाएको बालरोग विशेषज्ञ डा. अरुण शर्माले जानकारी दिए ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>