अण्डाको सेतो भाग पोषिलो कि पहेँलो ?
अण्डाको पँहेलो या सेतो भाग सेवन गर्ने भन्ने बारेमा आम मानिस अन्योलमा पर्ने गरेको पाइन्छ । अण्डाको पँहेलो वा सेतो भाग कुनले शरीरलाई बढी फाइदा दिन्छ भनेर । अन्डाको पँहेलो भागभन्दा यसको सेतो भागमा बढी प्रोटिन पाइन्छ । धेरै मानिसलाई, अन्डाको सेतोभन्दा पँहेलो भाग खानु लाभदायी हुन्छ भन्ने लाग्छ ।
खासमा पँहेलो भन्दा सेतो भाग नै शरीरको लागि लाभदायी हुन्छ । केही मानिसले त अन्डाको सेतो भाग हटाएर पँहेलोमात्र खाने गरेको पनि पाइन्छ । तर, यो गलत हो । बरु, पँहेलो छुट्याएर सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।
कोलेस्ट्रोलको मात्रा शुन्यः अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १ सय ८० मिलिग्राम कोलेस्ट्रोल पँहेलो भागमा मात्रै हुन्छ । मधुमेहका रोगीले अण्डाको सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।
आवश्यक प्रोटिनः अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पँहेलो भाग नखाएपनि हुने चिकित्सकहरु बताउँछन् । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन सहयोग गर्छ ।
न्यून क्यालोरीः अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । हरेक दिन ब्रेकफास्टका लागि अण्डाको सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अण्डा खाए पनि खराब गर्दैन ।
उचित खनिजः अन्डाको सेतो भागमा खनिजको मात्रा भरपुर हुन्छ । यसमा पोटासियम, सलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।
बोसोरहितः अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ । यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।
एजेन्सीको सहयोगमा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>