सरकारी अस्पतालमै मापदण्ड विनाका आकस्मिक कक्ष

What's This?


Download our app to get more features

काठमाण्डौं १०, मंसिर । अस्पतालको आकस्मिक कक्ष अत्यन्तै गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याको लागि गरिएको व्यवस्था हो । तर नेपालका ठूला अस्पतालहरुकै आकस्मिक कक्षको ब्यबस्थापन र तिनीहरुले प्रदान गर्ने सेवा चित्त बुझ्दो नभएको जनगुनासो रहँदै आएको छ । स्वयम् इमर्जेन्सी बिशेषज्ञहरुले नै नेपालका ठूला अस्पतालकै इमर्जेन्सीहरु समेत मापदण्ड बिपरित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि अस्पतालको आकस्मिक कक्षमा ट्रियाज अर्थात गम्भीर बिरामी छुट्याउने प्रणाली र आकस्मिक मेडिसिन नै अध्ययन गरेको दक्ष चिकित्सक हुनुपर्छ । तर  नेपालका अधिकांश जिल्ला अस्पतालका आकस्मिक कक्ष अहेव र एचएको भरमा सञ्चालित छन् । वीर अस्पतालका इमर्जेन्सी बिज्ञहरुका अनुसार अस्पतालको आकस्मिक कक्षमा आएका भर्ना गर्नु परेमा कहिले वार्डको शैया खाली हुँदैन त कहिले आइसीयुको इमर्जेन्सीकै शैयामा बिरामीलाइ पर्खाएर राख्नु पर्ने हुँदा अस्पतालको आकस्मिक कक्षमा प्रायः भीडभाड हुन्छ ।

आकस्मिक कक्षमा हरेक ६ फिटको दुरीमा बेडहरु राख्नु पर्ने मापदण्ड छ तर नेपालका केन्द्रीय अस्पतालमै इमर्जेन्सीमा एउटै शैयामा मापदण्ड विपरित कोचाकोच रुपमा बिरामी राख्नुपर्ने स्थिति छ । यसले चिकित्सकहरुलाइ उपचार सेवा दिन मुस्किल हुने मात्र होइन एक बिरामीको रोग अर्को बिरामीमा सर्ने सम्भावना समेत उत्तिकै रहन्छ । आकस्मिक कक्षमा तत्काल उपचार नगरे मृत्यु नै हुने सम्मका जटिल बिरामी आउंछन् । तर २४ सै घन्टा इमर्जेन्सी सेवा भनेर ट्याग झुण्डाएका अस्पतालहरुले समेत बिरामीलाई आकस्मिक कक्षमै लाइनमा राख्ने गरेका छन्  । जनसंख्याको अनुपातमा अस्पतालको क्षमता र इमर्जेन्सी सेवा बिस्तार नहुँदा बिरामीलाइ गुणस्तरीय सेवा दिन असहज भएको वीर अस्पतालका इमर्जेन्सी बिशेषज्ञ डा नोछेय्मान डंगोलले बताउनुभयो ।

अस्पतालको आकस्मिक कक्ष ब्यबस्थापन र मापदण्ड बिपरित हुँदा गुणस्तर स्वस्थ्य सेवा दिन नसकिएकोले यसप्रति गम्भीर हुन चिकित्सकहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । बढ्दो जनसंख्याको अनुपात र आधुनिक जीवनशैलीको बढ्दो प्रभावलाई ध्यानमा राखी बिशेष चिकित्सा सेवाभित्र पर्ने अस्पतालको इमर्जेन्सीको ब्यबस्थापन चुस्त र गतिलो बनाउनतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिन आवश्यक छ ।

Last modified on 2017-07-27 16:13:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts