स्वस्थ मिर्गौलाका लागि स्वस्थ खानपान

What's This?


Download our app to get more features

काठमाडौँ, ९ मंसिर । स्वस्थ मिर्गौलाका लागि काठमाण्डौंमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।  स्वस्थ खानपान र स्वस्थ्य बाताबरण भए मिर्गौला जोगाउन सकिने हेल्थकियर फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा जानकारी गराइयो ।


कार्यक्रममा नेशनल किड्नी सेन्टरका प्रमुख डा. ऋषिकुमार काफ्लेले मिर्गौला जोगाउन स्वस्थ खानपान र बाताबारण विशेष ध्यान दिनुपर्ने बताए । उनले ताइवानको सुजी फाउन्डेशनले जनस्वास्थ्यको क्षेत्रमा गरेका उत्कृष्ट कार्यको प्रशंशा गरे ।
त्यस अवसरमा स्वस्थ खानपान, जीवनशैली तथा स्वस्थ बाताबरण बनाउने उपायहरुको बारेमा चर्चा गरिएको थियो । ताइवानको सुजी फाउन्डेशनको समेत संलग्नता रहेको कार्यक्रममा डाई टेक्नोलोजी ताइवानले बाताबारण विगार्ने प्लास्टिक जन्य फोहरलाई रिफाइन गरी बनाइएको दैनिक उपभोग्य बस्तु तथा सामानहरुको समेत प्रदर्शन गरिएको थियो ।
डाई टेक्नोलोजीद्धारा उत्पादित सामानहरुको प्रदर्शनीका लागि नेशनल किड्नी सेन्टरका चिकित्सक नर्स तथा कर्मचारीहरु ¥याम्पमा उत्रिएका थिए ।

Last modified on 2017-07-27 16:16:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts