केसीको समर्थनमा रेजिडेन्ट डक्टर्सले बहिरंग बहिस्कार गर्ने



Download our app to get more features

काठमाडौँ, ९ मंसिर  । आमरण अनशनरत डा. गोविन्द केसी नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले भोलिदेखि त्रिवि शिक्षण अस्पतालको बहिरंग सेवा बहिष्कार गर्ने भएका छन् ।

१२ दिनदेखि अनसनरत केसीको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै एशोसिएसन आबद्ध चिकित्सकले आज प्रेस विज्ञप्ति जारी गर्दै मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनमा रहेका  केसीको जीवनरक्षाका लागि आफूहरु शिक्षण अस्पतालको बहिरंग विभागमा सहभागी नहुने बताएका हुन् ।

वरिष्ठ चिकित्सक केसीको माग सम्बोधनको माग गर्दै डक्टरले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यसअघि रेडिडेन्ट डक्टरहरु हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका थिए ।

उनीहरुले अविलम्ब वार्ता समिति बनाएर केसीका जनपक्षीय माग पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

Last modified on 2017-08-14 17:24:29

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts