ब्ल्याक कफी पिउनुको फाइदाले तपाईं अच्चममा पर्नुहुन्छ...



Download our app to get more features

ब्ल्याक कफी स्वास्थ्यको लागि निकै नै राम्रो हुन्छ ।

यदि तपाईलाई कफी पिउन मन पर्छ भने यो खबर पढेर तपाई धेरै नै खुशि हुनुहुनेछ  । बेला बेलामा आईराख्ने अध्ययनहरुका अनुसार ब्ल्याक कफी पिउनु स्वास्थ्यका लागि निकै नै फाईदाजनक प्रमाणित भएको छ ।

भर्खरै मात्र आएको एक अध्ययनको रिपोर्ट अनुसार स्वास्थ्य विशेषज्ञहरुले भनेका छन्, दुई देखि तीन कप कफी चिनी र दूध नमिसाई पिउनाले लिभर संग सम्बन्धीत सबै रोगहरुबाट बच्न सकिन्छ । विशेषज्ञहरुको भनाईलाई मान्ने हो भने कफी पिउनाले लिभरको क्यान्सर पनि हुँदैन ।

यदी कसैलाई पहिलादेखि नै लिभरको रोग छ भने पनि ब्ल्याक कफी पिउनु उनको लागि एकदमै फाइदाजनक हुन्छ । फोर्टिस एस्कारर्ट्स लिवर एन्ड डायजेस्टिव डिजीज इन्स्टीच्यूटका वरिष्ठ सलाहकार डा. मानव वर्धवानका अनुसार, कफी एन्टी अक्सीडेन्टले भरिपूर हुन्छ । एन्टी अक्साइड टाइप २ मधुमेह र पार्किंसन रोगबाट जोगाउनमा सहयोगी हुन्छ ।

डा.वर्धवानका अनुसार, कफी बिना चीनी कै पिउनु पर्छ । यदी तपाई कफीमा चिनी मिसाउन हुन्छ भने त्यसले कैफीनको असरलाई कम गरिदिन्छ ।

कफीमा पाइने विभिन्न तत्व लिभरलाई राम्रो असर प्रभाव पार्छ । कफीमा पाइने कैफीन, कफीको तेल, कैफेस्टोल र एन्टीअक्सीडेन्ट प्रमुख तत्वहरु हुन् । त्यस्तै इपीडिमियोलाजिकल अध्ययनका अनुसार नियमित तीन कप कफी पिउनाले लिभर नष्ट हुनबाट जोगिन्छ । साथै, कफी उनका लागी पनि राम्रो हो जोे लिभरको रोगबाट ग्रसित छन् ।

यसैगरी इटलीका नापोली विश्वविद्यालयका विन्सेन्जो लेन्बोका अनुसार, कफीमा पाइने कैफिनले आन्धा्रको समस्यालाई ठीक गर्छ । त्यसैले ब्ल्याक कफी पिउनु फाइदाजनक मानिएको छ ।

(एजेन्सीको सहयोगमा)

 

Last modified on 2017-07-27 16:21:44

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts