सुजाताको पाठेघरमा पनि क्यान्सर

What's This?


Download our app to get more features

काठमाण्डौं ८ मंसिर । स्तन क्यान्सरबाट पीडित पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरमा समेत क्यान्सर देखिएको छ । कोइरालाको पाठेघरको आज शल्यक्रिया गरिएको छ ।

स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा नेतृ कोइराला पाँच दिन बसेकी थिइन् । त्यहाँको उपचारपछि मलेसिया थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो । आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी कोइरालाको आज पाठेघरको सफल शल्यक्रिया गरिएको परिवारिक श्रोतले जनाएको छ ।

सिंगापुरमा उनको उपचारमा संलग्न चिकित्सकले नै मलेसियामा थप परीक्षण गराउनका लागि रिफर गरेका थिए । सुजाताको एकातिरको ब्रेस्टमा क्यान्सर देखिएको छ भने अर्कोतिरको पनि परीक्षण गरिएको छ । जसको रिपोर्ट आउन बाँकी रहेको चिकित्सकले बताएका छन् ।

क्यान्सरको उपचारका लागि कोइराला कात्तिक २८ गते सिंगापुर गएकी थिइन् ।
 

Last modified on 2017-07-27 16:22:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts