अनसन छुटाउन उच्चस्तरीय समिति गठन गरिने



Download our app to get more features

काठमाण्डौ, ८ मंसिर । आमनरण अनसनमा रहनुभएका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन गराउने बारेमा पहल गर्न सरकाले उच्चस्तरिय समिति गठन गरिने भएको छ । 
उच्चस्तरिय समिति गठनका बारेमा स्वास्थ्य मन्त्री गगनकुमार थापाको प्रस्तावमा डा. केसी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि आज समिति गठन हुने भएको हो । स्वास्थ्य मन्त्री थापाले हिजो बेलुका डा केसी र प्रधानमन्त्री प्रचण्डलाई भेटेर उच्चस्तरिय समिति गठन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गर्नु भएको थियो । 
उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवहरुको समिति बनाउन प्रस्ताव गर्नु भएको हो । 
डा केसीले उठाएका अधिकांश माग यसअघि स्वास्थ्य मन्त्रालयसँग संबन्धीत भएपनि यसपटक भने शिक्षा मन्त्रालयसँग संवन्धीत बढी भएकाले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन हुन सक्ने बताइएको छ । डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजिनामा, चिकित्सा शिक्षा संकायको डिन नियुक्तीको निर्णय रद्ध गर्नुपर्ने लगायतका मागहरु राखेर ११ दिनदेखि आमरण अनशनमा रहनुभएको छ । 

Last modified on 2017-07-27 16:58:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts