बिरामीको मनोविज्ञानको सम्मान गर्नुस् : प्रधानमन्त्री दाहाल

What's This?


Download our app to get more features

काभ्रे ७, मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवीय उपचारमा संलग्न हुने चिकित्सकहरु होशियार र संवेदनशील हुनुपर्ने बताउनुभएको छ । उहाँले बिरामीको मनोविज्ञानको सम्मान गर्दै उपचारमा संलग्न हुन आग्रह पनि गर्नुभयो ।

काठमाडौं विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोहअन्तर्गत चिकित्साशास्त्र संकायमा स्नातक र स्नातकोत्तर उपाधि पाउने विद्यार्थीलाई सम्बोधन गर्दै उनले पेशमा आफ्नै विशिष्टता भएको तर्क गर्दै जनताको मनोविज्ञान बुझेर वैज्ञानिक ढंगले उपचार गर्न आग्रह गरे ।

‘तपाईंहरुको यो विषय विशिष्ट खालको छ, त्यसैले तपाईंहरुको जिम्मेवारी अरुभन्दा विशेष रुपले सम्वेदनशील र महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरुको एक स्पर्शले बिरामी निको पनि हुन सक्छ, रुखोपन वा लापरबाहीले ज्यानै पनि जान सक्छ ।’ उनले चिकित्साशास्त्र संकायका विद्यार्थीहरुले भौतिक विज्ञान र सूचना प्रविधिले गरेको प्रगतिलाई आत्मसाथ गरेर जनताको सेवा प्रयोग गर्ने विश्वास व्यक्त गरे । दीक्षितहरुलाई देशको असल नागरिकको हैसियतले सेवा गर्ने मोडेल विकास गर्ने विश्वास व्यक्त गरे ।

समारोहमा चिकित्साशास्त्रका विभिन्न विधामा स्नातक र स्नातकोत्तर तह पूरा गर्ने १ हजार ३ सय ७७ जना दीक्षित भएका थिए । दीक्षितमध्ये ७ सय २३ महिला, ६ सय ५४ पुरुष छन् । सयजना विदेशी विद्यार्थी पनि समारोहमा दीक्षित भएका छन् । कार्यक्रममा दाहालले स्नातक तह एमबिबिएसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने लुम्बिनी मेडिकल कलेज पाल्पाकी छात्रा प्रनिता राजभण्डारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरेका थिए ।

Last modified on 2017-07-31 16:45:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts