सञ्चालन अनुमति नपाएको अस्पतालको भवन मन्त्रीद्धारा उद्घाटन



Download our app to get more features

नुवाकोट, ७ मंसिर । सञ्चालन अनुमति नै नलिएको नुवाकोटको तारुका १ चौतारा गाँउमा निमार्ण भएको गौरपार्वती सामुदायिक अस्पतालको भवन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आइतबार उद्घाटन गरेका छन् । 

स्विजरल्यान्डका नागरिक बनहार्ट बुलरले जुटाएको सहयोगबाट ६५ लाखमा निमार्ण भएको अस्पतालले आइतबारसम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालनको अनुपति पाएको छैन । तीन बेडको भनिएको अस्पतालले कार्यालयबाट अनुपति नलिएको जनस्वास्थ्य निरीक्षक टलकमान श्रेष्ठले बताए । ‘कार्यालयमा अनुमतिका लागि उक्त अस्पताल आएको छैन, अनुमतिको दर्ता गरी प्रक्रिया अघि बढाउने म आफैँ हुँ, मेरो जानकारीमा छैन,’ उनले भने, ‘आउने क्रममै होला कि ।’

जिल्ला जनवास्थ्य कार्यालयले २५ बेडसम्मको निजी तथा सामुदायिक अस्पताल सञ्चालन अनुपति दिने र नवीकरण गर्न पाउने व्यवस्था छ ।

(आजको नयाँ पत्रिकामा समाचार छ ) 
 

Last modified on 2017-07-31 16:50:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts