बाथको उपचारमा वैद्य
बाथ रोगमा विशेषज्ञता हासिल गरेका जम्मा दुईजना छन् । एमबीबीएस तथा मास्टर लेभलमा पनि यसको विषयमा त्यति धेरै पढाइ नहुने हुँदा यस रोगका विशेषज्ञता हासिल गरेको चिकित्सक जम्मा दुईजना मात्र रहेका हुन् । त्यसमध्येका एक हुन्– नेसनल बाथरोग सेन्टरका डा. विनित वैद्य । उनी बाथ रोग विशेषज्ञभन्दा पनि कार्डियोलोजिष्ट तथा अंकोलोजिष्ट बन्ने तयारीमा थिए । तर, उनी अन्त्यमा बाथरोग विशेषज्ञ बन्न पुगे ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस गरी एमडीका लागि भारतस्थित अल इन्डिया इन्स्टिच्युट गए । उनले त्यहाँ तीन वर्षसम्म बाथरोग विशेषज्ञसँग काम गर्ने अवसर पाएका थिए । त्यही अवसरले उनलाई बाथरोग विशेषज्ञतर्फ मोड्यो ।
एमडीपछि नेपाल मेडिकल कलेजमा इन्टनर मेडिसिनका रूपमा काम सुरु गरे । त्यहाँ बाथ रोगका बिरामी आउने गरेको तर चिकित्सकले यो बाथरोग हो भन्ने थाहा नपाउने गरेको महसुस गरे । अन्य चिकित्सकले बाथ रोग नचिन्दा हड्डी खिइएको, नशा च्यापिएको भन्दै उपचार गरेको देखे । जसले बिरामीले दुःख भोग्नुपरेको भान भयो ।
यस्तो अवस्था देखेपछि नेपालमा बाथ रोग विशेषज्ञ नभएको महसुस भयो र बिस्तारै नजानिँदा नजानिँदै उनी बाथ रोग विशेषज्ञ हुन पुगे ।
नेपाल मेडिकल कलेजमा बाथ रोग ओपिडी सञ्चालनका लागि प्रस्ताव गरे र स्वीकृत पनि पाए । त्यहीक्रममा उनी थप तालिमका लागि अल इन्डिया इन्स्टिच्युट पुगी ६ महिनाको तालिम लिएर फर्केपछि पूर्ण रूपमा बाथरोग विशेषज्ञका रूपमा उपचारमा लागे ।
नेपालमा बाथ रोगका विशेषज्ञको कमी हुुँदा पनि बिरामीले राम्रो सेवा पाउन सकेको अनुभव छ उनलाई । यदि बाथ रोगमा सबै बिरामी उपचार सेवामा आउने हो भने दुईजना विशेषज्ञले मात्र थेग्न सक्ने अवस्था नरहेको डा. वैद्यले बताए । बाथ रोग उपचारमा धेरै कमाइ नहुने हुँदा पनि विशेषज्ञको कमी रहेको उनको बुझाइ छ ।
‘यो ठीक भएर जाने रोग पनि होइन, यस रोगको लामो समयसम्म उपचार गर्नुपर्छ । उपचार गरेर बिरामी निको पार्न सके सन्तुष्टि हुन्छ,’ डा. वैद्यले भने, ‘त्यसैले न बाथ रोगको उपचारमा पैसा छ न त आत्मसन्तुष्टि नै । सायद त्यसै भएर होला यस विषयमा चिकित्सक कम रहेका छन् ।’
सरकारले एमबीबीएस तथा एमडीमा बाथरोगको पोस्टिङ राख्नुपर्छ । जसले गर्दा उनीहरूले बिरामी देख्न पाउँछन् । यतिमात्र हुन सक्यो भने पनि बाथरोगमा धेरै जनशक्ति उत्पादन गर्न सकिने उनको भनाइ छ ।
नेपालमा बाथ रोगको उपचारलाई सर्वसुलभ बनाएका डा. वैद्यले ग्रामीण क्षेत्रमा गएर रोगबारे जनचेतना जगाउनुको साथै धेरै स्थानमा शिविरसमेत सम्पन्न गरिसकेका छन् ।
सरकारले ज्यान जाने रोगतर्फ धेरै केन्द्रित रहेको छ । त्यसपछि बिस्तारै नसर्ने रोगतर्फ गएको देखिन्छ । तर, बाथ रोगतर्फ कुनै चासो नदिएको डा. वैद्यले दुखेसो पोखे । बाथ रोग पनि क्यान्सर रोगजस्तै हो । यसले जीवनभरि दुःख दिन्छ । क्यान्सरमा प्रयोग हुने आधा औषधि यसमा पनि प्रयोग गर्नुपर्ने हुन्छ । यसमा सरकारले ध्यान दिन सकेमा जनता उपचारको पहुँचसम्म आउने र उपचारमा पनि सर्वसुलभ हुनेमा डा. वैद्य विश्वस्त छन् ।
हाम्रो डक्टर मासिकबाट
4 Comments
-
मेरो खुट्टा आफै दुख्छ आफै निको हुन्छ सुन्निने हुन्छ
-
मेरो ममि को पनि खुत्ता सुनिनी अनि दुख्नी फल मसु पनि दुख्नी सुनिनी यो क हो र कहाँ सम्प्र्क गर्नी होला? के यो भाथ रूग नै होलात?
-
मेरो श्रीमती पनि धेरै पीडित छन ।अनि म हुने नै भय ।कहाँ सम्पर्क गर्ने होला ।
-
मलाइ पनि एक दमै खुटा कटकटी खान्छ , राती निन्द्रा नि लाग्न दिदैन , सारो सतायेको छ , के येसको समाधान सम्भब छ? plz suggest me.
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>