मिर्गाैला रोगी बालिकालाई प्रवासीको सहयोग



Download our app to get more features

फलेवास (पर्वत), ७ मङ्सिर । विगत चार वर्षदेखि मिर्गाैलाको रोगका कारण थलिएकी फलेवासकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । विगत चार वर्षदेखि मिर्गाैला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद रु ३० हजार सहयोग गरेको हो ।

उक्त रकम सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पीडित किशोरीका बाबुु डिल्लीराम शर्मालाई नेकपा (एमाले)का अध्यक्ष पदम गिरीले हस्तान्तरण गरेका थिए ।

दुईवटै मिर्गाैलामा समस्या देखिएपछि राजधानीका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको उनले बताए । उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । उनी गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन् ।

अनिताको उपचारका लागि हालसम्म रु तीन लाखभन्दा बढी खर्च भइसकेको बाबु डिल्लीराम शर्माले बताए । उनले अहिले औषधी सेवनले काम गरेको र औषधिले काम गर्न छाडेपछि मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिए । उनँले आफ्नी छोरीको उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

उनका दुई छोरी र दुई छोरा रहेका छन् । उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा सङ्कलन भएको थियो । रासस

 

Last modified on 2017-07-31 16:55:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts