औषधी सेवनमा ध्यान दिनुपर्ने कुराहरु
चिकित्सकले औषधि लेखिदिदैमा पसलबाट किनेर मात्र सेवन गर्नु हुदैन । औषधि सेवन गर्दा धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
- चिकित्सकसँग सबै सल्लाह लिने ।
- औषधी किन्दा सट्टामा अन्य कुनै औषधी नलिने ।
- औषधी किन्दा नाम, उपभोग मिति, र मुल्य हेर्ने र बिल लिन नबिर्सने ।
- औषधी किन्दा कति चाहिने, कति कति समयमा सेवन गर्ने र कति दिनलाई आवश्यक पर्ने ध्यान दिने ।
- औषधी सेवा गर्दा कस्तो साइड इफेक्ट भइरहेको छ, त्यसबारे चिकित्सकलाई जानकारी गराउने ।
- लामो यात्रा, आफन्तकोमा जाँदा वा बिदाको समयमा औषधी बोक्न नबिर्सने ।
- औषधी सेवन गर्न भुलेमा गलत समयमा सेवन नगर्ने ।
- औषधीलाई घाम र ओसिलो ठाउँमा नराख्ने ।
- बालबालिकाको पंहुचबाट टाढा राख्ने ।
Last modified on 2017-07-31 16:57:45
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>