अनुगमन बढेपछि दर्ता प्रकृयामा आउने स्वास्थ्य संस्था ५ गुणाले बढे
काठमाडौं, ५ मंसिर । स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन तीव्र पारेपछि जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य संस्था दर्ता तथा नविकरणका लागि निवेदन दिनेको ह्वात्तै बढेको छ ।
अवैध रुपमा सञ्चालन हुदै आएका क्लिनीक तथा फार्मेसीहरुलाई धमाधम सिलबन्दी गर्न थालेपछि अहिले जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा दर्ता तथा नविकरणका लागि निवेदन दिनेहरुको संख्या ५ गुणाले बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले पहिला पहिला हप्तामा ४, ५ ओटा मात्रै निवेदन आउने गरेकोमा अहिले दैनिक २० ओटा सम्म आउने गरेको जानकारी दिनुभयो । उनँले भने, “कार्यालयमा अहिले क्लिनीक सञ्चालकहरुको भिड लाग्न थालेको छ, खुट्टा टेक्ने ठाउ छैन । ’
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा पनि अनुगमन हुन थालेको खवर पाएपछि त्रसित भएका र सिलबन्दी गएका क्लिनीकहरु अहिले दैनिक झण्डै १३ ओटाको दरले आउन थालेका छन् । “दर्ता तथा नविकरणका लागि आउनेहरुको संख्या थामिनसक्नु भएको छ,” जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले भने । मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार काठमाडौमा ४ सय १५ ओटा, ललितपुरमा १ सय ७१ र भक्तपुरमा २१ वटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक मात्र दर्ता भएका छन् । मन्त्रालयले अहिले जारी अनुगमन दुई हप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधारमा छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई अपिल गरेको छ ।
फाइल फोटो
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।