धनवन्तरी आर्युवेद अस्पतालको शाखा सामाखुशीमा पनि

What's This?


Download our app to get more features

काठमाण्डौं, ५  मंसिर । नेपालको पुरानो र ठुलो धन्वन्तरी आर्युवेद हस्पिटल एण्ड रिर्सच सेण्टरले राजधानीको सामाखुशीमा पनि शाखा विस्तार गरेको छ ।

आइतबार अस्पतालका प्रमुख डा।बद्री प्रसाद भट्टराईले सामाखुशीको उमा आर्युवेद उपचार केन्द्रको नामबाट स्थापना भएको नयाँ शाखाको उद्घाटन गरे । आयुर्वेदिक पद्दतिबाट पाइल्स, फिस्टुला तथा फिसर, यौन रोग, छाला सम्बन्धि बिभिन्न रोग लगायत पञ्चकर्म पद्धति मार्फत अस्पतालले उपचार गर्दै आएको छ ।

नयाँ शाखा विस्तारको अवसरमा मंसिर ५ गतेबाट १० गतेसम्म नाम दर्ता गर्नेलाई एक वर्षसम्म निशुल्क चिकित्सक परीक्षणको सुविधा दिने अस्पतालले उल्लेख गरेको छ ।

धन्वन्तरी आयुर्वेद अस्पतालका प्रमुख डा. सुबोध कुमार पोख्रेलले आर्युवेदिक उपचार पद्धति लोप हुन लागेकोले यसका शाखा चक्रपथ बाहिर र काठमाण्डौं बाहिर पनि विस्तार गर्दै लैजाने बताए ।

Last modified on 2017-07-31 17:24:50

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts