सोलुका शिशुलाई न्यानो कपडा वितरण



Download our app to get more features

सोलुखुम्बु, ५ मङ्सिर । सोलुखुम्बुको विकट गाविस गुदेलमा एकवर्षमुनिका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 

चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाविसभित्र एक वर्षमुनिका ४९ जना बालबालिकालाई मानवअधिकार शान्ति तथा विकास नेपालले वितरण गरेको स्वास्थ्य चौकी गुदेलले जनाएको छ । गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिसकेको अवस्थामा मानवअधिकार शान्ति तथा विकास नेपालको सहायोगले खोप कार्याक्रमलाई पनि थप प्रभावकारी बनाएको स्वास्थ्य चौकीका प्रमुख तथा अहेब रामबहहादुर केसीले बताए । गुदेलका बालबालिका र महिलाको स्वास्थ्यको क्षेत्रमा निरन्तर सहयोग गर्ने मानवअधिकार शान्ति तथा विकास नेपालका कार्यक्रम संयोजक जाङ्मु शेर्पाले बताए । 

त्यस्तै मानवअधिकार शान्ति तथा विकास नेपालका अमेरिकाका प्रतिनिधि कार्ल भन्छन् – “हामीले यसअघि पनि बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री दिएका छौँ । यसपालि कपडा दिएका छाँै । फेरि पनि हामी सहयोग गर्न आउनेछौँ । सहयोग गर्न आउँदा पाएको खुसीले सबै खुसी छौँ । यसअघि गुदेल स्वास्थ्य चौकी गुदेललाई सुरक्षित मातृत्व कार्यक्रमका लागि  छ लाख रुपैयाँ बराबरको आवश्यक पर्ने विभिन्न उपकरणलगायत आवश्यक सामग्री सहयोगी संस्था मानवअधिकार शान्ति तथा विकास नेपालले सहयोग गरेको थियो । सुरक्षित मातृत्व कार्यक्रमका लागि सामग्री आइपुगेको हुँदा अब सुत्केरी गराउनका लागि सदरमुकामसम्म जान नपर्ने स्वास्थ्य चौकी गुदेलले जनाएको छ । सुत्केरी गराउनकै लागि सल्लेरी जाँदा दुईदिनको बाटो हिँड्नु परेकाले धेरै समस्या हुँदै आएकामा अब गुदेलका स्थानीयवासीले गुदेलमा नै सेवा पाउन थालेका छन् । रासस 

Last modified on 2017-08-03 12:36:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts