कर्णालीका स्वास्थ्यचौकीमा कुपोषणको उपचार सेवा सुरुहुने



Download our app to get more features

काठमाण्डौं, ५ मंसिर । कर्णाली अञ्चलका बालबालिकामा हुने कडाखालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ । 

पहिलो चरणमा अञ्चलभरीका ५० वटा स्वास्थ्यचौकीमा कडा कुपोषणको शिघ्र उपचारका लागि बहिरंग सेवा केन्द्र स्थापना गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको बालस्वास्थ्य महाशाखाले आगामी तीन महिना भित्र कर्णालीभरि पोषण कार्यक्रम लागु गर्ने तयारी गरेको हो । 

महाशाखाले स्थानीय रुपमा महिला स्वास्थ्य स्वयम् सेविका तथा जनचेतनामूलक कार्यक्रम मार्फत कुपोषणको पहिचान र समाधानको लागि पहल गर्ने जनाएको छ । 

मन्त्रालयले ५० वटा स्वास्थ्यचौकीमा कुपोषणको उपचारको लागि तयारी खाना पु¥याउने र केही स्थानमा सर्वोत्तम पिठो उपलब्ध गराईरहेको छ । 

कुपोषण भएका बालबालिकाको उपचार गर्न आउदा यातायात खर्च र विरामी कुरुवाको लागि समेत केही सहुलियतदिने महाशाखाले तयारी गरेको छ । 

महाशाखाले कुपोषण भएका बालबालिकाको उपचारको लागि ७५ वटै जिल्ला अस्पतालमा एक एक लाख बराबरको कुपोषण उपचार कोष समेत स्थापनागर्ने बताएको छ । 

Last modified on 2017-08-03 12:27:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts