चना दाल खानुको यस्ता छन् फाइदा
कालो चना खानुको फाईदा त तपाईलाई थाहा नै छ तर के तपाई चनाको दाल खानुको फाईदाको बारेमा जान्नुहुन्छ ? चनाको दाल खानाले प्रायःजसो मानिसहरु टाढै बस्न चाहन्छन् किन कि चनाको दाल खानाले केहि व्यक्तिमा पेट दुख्ने, ग्याष्ट्रिक हुने जस्ता समस्या हुने गर्छ । तर चनाको दाल खानाले धेरै प्रकारका रोगहरुबा बच्न सकिन्छ ।
आउनुस जानौँ, चना दाल खानुको ६ फाईदा...
१. आयरनले भरपूर
चनाको दालले तपाईको शरीरमा आयरनको कमीलाई पूरा गर्छ र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा सहयोग गर्छ ।
२. डायबिटीज नियन्त्रण
डायबिटीज भएका व्यक्तिले चनाको दाल खानु उत्तम मानिन्छ । यसले शरीरमा धेरै मात्रामा भएको ग्लूकोजको मात्रालाई अवशोषित गर्छ ।
३. जन्डिश र हेपाटाइटिस रोगबाट बच्न
चनाको दाल खानाले जन्डिश र हेपाटाइटिस रोगबाट बच्नमा फाइदाजनक हुन्छ ।
४. कोलेस्ट्रोल कम गर्न
फाइबरले भरिपूर्ण चनाको दाल कोलेस्ट्रोलको स्तर घटाएर तौल कम गर्नमा पनि सहयोग गर्छ ।
५. शरीरमा शक्ति बनाई राख्छ
चनाको दालमा जिंक, क्याल्सियिम, प्रोटीन, फोलेट आदि भरपूर मत्रामा हुन्छ , जुन तपाईको शरीरलाई आवश्यक हुन्छ र शरीरमा शक्ति प्रदान गर्छ ।
६. पेटलाई स्वस्थ राख्छ
चनाको दाल खानाले पाचन प्रक्रिया ठिक रहन्छ र पेट सम्बन्धि समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>