स्वास्थ्य चौकीको लागि १५ लाखको जग्गा प्रदान

What's This?


Download our app to get more features

पर्वत, ४ मङ्सिर । यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु १५ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पुराना उप–स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्न थालेको भवनका लागि स्थानीयवासीले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब चार रोपनी जग्गा आवश्यकपर्ने प्रावधान भएका कारण स्थानीयवासीले पाँच रोपनी तीन आना भन्दा बढी जग्गा उपलब्ध गराएका हुन ।

उक्त गाविसका ९ जना समाजसेवीले स्वास्थ्य चौकीलाई रु १५ लाख ६० हजार मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेको बाच्छा स्वास्थ चौकीका अहेब खिमप्रसाद कोइरालाले जानकारी दिए । बाच्छा गाविस– ८ मा बसोवास गर्ने भुवनसिंह, हेमान सिंह, रामप्रसाद गुरुङ, दिलीप गुरुङ, मेख बहादुर गुरुङ, रत्नबहादुर गुरुङ, भिमप्रसाद गुरुङ र वडा– ७ का नेत्रबहादुर गुरुङ र रमेश गुरुङले उक्त जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गर्नुभएको अहेब कोइरालाले जानकारी दिए ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूहरुले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गरेको जग्गादाता रामप्रसाद गुरुङले बताए ।  -रासस

Last modified on 2017-08-03 14:55:17

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts