बरफमा सयौं वर्ष – मृत्यु पछी पनि जिउने लडाईँ
एक असाधारण क्यान्ंसर रोगसँग लडिरहेकी १४ वर्षीया बालिका । जो मरेपछि आफ्नो शरीरलाई फ्रिज(बरफमा राख्ने) गर्न चाहन्थिन, उनले आफ्नो मृत्युभन्दा पहिले कÞानूनी लड़ाई जीतेकी छिन् ।
बालिकाकी आमा आफ्नी छोरीको अन्तिम इच्छाको समर्थनमा थिइन् भने बुबा त्यसको विरुद्धमा थिए । लण्डनमा बस्ने यि बालिका आफ्नो नाम खुलाउन चाहन्नथिन् ।
अदालतले बालिकाकी आमालाई उसको शवको सम्बन्धमा अन्तिम फैसला लिने अधिकार दिएको छ । क्यान्सर पीडीत ति बालिकाको गत अक्टोवरमा निधन भएको थियो । अब ती बालिकाको शव फ्रीज गर्नका लागि अमेरीका लगिएको छ । यी बालिकाले आफ्नो जीवनको अन्तिम महीनामा इन्ंटरनेटमा ‘क्रायोनिक्स’ प्रक्रियाको बारेमा पत्ता लगाएकी थिईन् । क्रायोनिक्समा शवलाई शून्य भन्दा १३० डिग्री तलको तापक्रममा राख्नुपर्छ र यसको माध्यमले मस्तिष्कलाई सुरक्षित राखिन्छ । यसमा सम्पूर्ण शरीरलाई फ्रीजÞ गरिन्छ ताकी भविष्यमा रोगहरु समाप्त भएपछि फेरी जिउने सम्भावना होस् ।
ती बालिकाले न्यायाधीशलाई लेखेको पत्रमा भनिएको छ ‘म लामो समयसम्म बाच्न चाहन्छु ।’ उनले भनेकी थिईन् मलाई माटोमा नगाडियोस् । साथै उनले पत्रमा अगाडी लेखिएको छ ‘ मलाई क्रायोप्रिजर्वेशनको मौका दिइयोस् त्यसले ममा बाँच्ने आशा रहिरहन्छ बरु त्यसमा सैयौँ वर्ष किन नलागोस् ।
न्यायाधीश जस्टिस पीटर जैक्सन ती बालिका उपचारार्थ रहेको अस्पताल गएका थिए । उनले ती बालिकालाई हेरेर भनेका थिए, उनी निकै नै बहादुरीका साथ यति मुश्किल क्षणको सामना गर्दै छिन् । यस सम्बन्धमा पीटरले फÞैसला गर्दै भने ‘क्रायोनिक्स’ ठिक हुन्छ या गलत त्यो ठूलो विषय होइन् । आमा बुबाबीचको विवादले गर्दा बालीकाको शरीरलाई के गर्नु राम्रो होला त्यसमा सोच पु¥याउनु पर्छ ।
‘क्रायोनिक्स’ एक विवादित प्रक्रिया हो । मानिसलाई अहिले थाहा छैन्, शरीरलाई यदि फ्रिज गरियो भने फेरी जीवीत हुनुको सम्भावना रहिरहन्छ । यो सुविधा अमेरीका र रूसमा मात्र छ , जहाँ शरीरलाई लिक्विड नाइट्रोजनमा निकै नै कम तापक्रममा सुरक्षित राखिन्छ । तर यो सुविधा ब्रिटेनमा छैन् । यस प्रक्रियाका लागि धेरै नै ठूलो रकम खर्च गर्नुपर्छ । एक अनुमानका अनुसार यसमा लगभग ३० लाख रुपियाँ खर्च हुन्छ ।
ती बालिकाले न्यायाधीशलाई लेखेको पत्रमा भनिएको छ, “म केवल १४ वर्षकी छु र मर्न चाहँदिन, तर म मर्न लागेकी छु । मलाई लाग्छ ,क्रायोप्रिजर्व्डबाट म मा आशा पलाएको छ । म चाहन्न कि मलाई जमीनमा गाडियोस् । म लामो समय सम्म बाँच्न चाहन्छु । मलाई आशा छ की भविष्यमा मेरो क्यान्सर ठीक हुन्छ र म बाच्न सक्छु । म यो अवसर गुमाउन चाहन्न ।”
ती बालीकाकी आमाबुबाको सम्बन्ध विच्छेद भईसकेको छ । बिरामी भएपछि बालीकाको बुबासँग गत ६ वर्षदेखि कुनै सम्पर्क थिएन । आमाले भने आफ्नी छोरीको ईच्छामा आफ्नो समर्थन् जनाएकी थिइन् । र छोरीको शरीरलाई फ्रिज गर्नमा मद्दत गरिन् । तर बालीकाकी बुबा भने यसका लागि तयार थिएनन् ।
बालीकाकी बुबाले भनेका थिए, “यदि मेरी छोरीको उपचार सफल भयो र उनी २०० वर्षपछि पनि बाच्छिन् भने उनले कसैलाई पनि चिन्न सक्दिनन् । त्यसपछि उनी अझ बिरामी हुन सक्छिन् । उनी मात्र १४ वर्षकी छिन् र उनी अहिले अमेरिकामा छिन् ।’’
न्यायाधीशको फैसला पछि उनका पिताले भने ‘म आफ्नी छोरीको फैसलाको सम्मान गर्दछु ।’ उनले छोरीको मृत्यु पछि शव हेर्न चाहन्थे । न्यायाधीशले भने “इंगल्याण्ड र वेल्सको अदालतमा यस प्रकारको यो पहिलो घटना हो । र सायद यो विश्वमा नै पहिलो घटना हुन सक्छ ।”
(एजेन्सिको सहयोगमा)

स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>