उपत्यकामा थप सात क्लिनिकमा सिल, राजधानी बाहिरपनि अनुगमन सुरु



Download our app to get more features

काठमाडौं, ३ मंसिर । स्वास्थ्य मन्त्रालयका दुईवटा अनुगमन टोलीले  शुक्रबार काठमाडौ उपत्यकाका ३२ ओटा निजी स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । 
अनुगमन गरिएका मध्ये काठमाडौका पाँचवटा र ललितपुरका दुई वटामा गरी सात वटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । शुक्रवार काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो । काठमाडौको कालीमाटी देखि कलंकी सम्म बाटोको छेउमा रहेका क्लिनीकहरु मध्ये सुभारम्भ डेण्टल क्लिनीक, हक मेडिकल हल, स्पार्क पोली क्लिनीक, कालीमाटी डेण्टल क्लिनीक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो । 
क्लिनीक संचालनका लागि आधारभूत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले तालाबन्दी गराइएको र बाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीले जानकारी दिए । उनले राजभण्डारी डेण्टल क्लिनीक अनुगमन टोली आएको थाहा पाएपछि भागेकोले अर्कोदिन कारवाही गरिने बताए । 
त्यस्तै, अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनीक एण्ड ल्यावलाई बन्द गरिदिएको छ । टोलीले ग्लोवल हस्पीटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउन देखि नविकरण नगरेकाले नविकरणका लागि अल्टीमेटम दिइएको उपसचिव खतिवडाले जानकारी दिए । शुक्रबार सहित पाँच दिनमा काठमाडौ र ललितपुरका ३७ वटा स्वास्थ्य संस्थामा सिल लगाइएको छ ।मन्त्रालयलाई संबन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४ सय १५ ओटा, ललितपुरमा १ सय ७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् । 
बिहीबार देखि बाँके, मोरङ्ग लगायतका जिल्लाहरुमा पनि अनुगमन सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले जारी अनुगमन दुई हप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वयंसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सबैलाई आह्वान गरेको छ ।

Last modified on 2017-08-03 15:00:55

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. abinash jung kunwaron Sat, Nov 19 2016 05:49 AM

    darta prakiya ma matra gayer bhayena yeehaa ta dr ko certificate nai bhada ma liyer sabai kaam aafai garne chalan cha tyo pani dental field ma tesss patti pani dhayn dina ekdam jaruri cha


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts