स्याउ ! जसले तपाईलाई उच्च रक्तचापबाट बचाउँछ
आजभोली बढ्दै गरेको उमेरका मानिस मात्र होईन बच्चा र युवा अवस्थाका मानिसमा पनि मुटु सम्बन्धि रोग (उच्च रक्तचाप) को शिकार हुने गरेका छन् । यसको सबैभन्दा ठूलो कारण हो खराब जीवनशैली र खराब खानपिनको बानी ।
मानिसले उच्च रक्तचाप नियन्त्रण गर्नका लागि औषधिका साथै योग, व्यायाम र अन्य कैयौँ उपायहरु अपनाउछन् । तर, एक पटक यो समस्याले मानिस ग्रसित भयो भने त्यसलाई निको पार्न धेरै नै कठिन हुन्छ ।
उच्च रक्तचाप ,पछि गएर यो मुटुको रोगले मानिसलाई धेरै नै समस्या हुन्छ ।
यो सबै समस्याबाट छुट्कारा पाउनका लागि प्रत्येक विहान एउटा स्याउ खानाले शरीरलाई पूर्ण रुपले स्वस्थ राख्नमा मदत गर्छ । स्याउ खानाले शरीरमा इलेक्ट्रोलाइट सन्तुलनमा रहन्छ, साथै स्याउमा भएको फाइबर र भिटामिनले शरीरमा पोषक तत्वको कमीलाई पनि पूरा गर्छ ।
यदी तपाईलाई न्यून रक्तचापको समस्या छ भने तुरुन्त एउटा स्याउ खाईहाल्नु पर्छ । यसो गर्नाले शरीरलाई तुरुन्तै शक्ति प्राप्त हुन्छ र तपाईको रक्तचाप सामान्य हुन्छ । स्याउले शरीरमा सोडियमको मात्रालाई बढ़ाएर किडनीमा पर्ने दबाबलाई पनि कम गर्छ । साथै जुन व्यक्तिलाई मधुमेहको समस्या छ उनीहरुका लागि दैनिक स्याउ खानु राम्रो मानिन्छ ।
स्याउलाई आफ्नो नियमित खानाको रुपमा सहभागि गर्नुपर्छ । तपाईले स्याउलाई नियमित रुपमा बिहान खाजामा या खानाको बेला सलादको रुपमा खान सक्नु हुन्छ । तर याद राख्नुस स्याउ साझ र बेलुका खाना खाईसकेपछि खानु स्वास्थ्यका लागि नराम्रो हुन्छ ।
(एजेन्सीको सहयोगमा)
1 Comments
-
Informative post
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>