स्वास्थ्य मन्त्रालयको अनुगमन तीव्र, दश क्लिनिकमा सिलबन्दी
काठमाण्डौं, २ मङ्सिर । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बिहिवार विना दर्ता संचाालनमा रहेका १० वटा क्लिनिकहरुमा सिलबन्दी गरेको छ ।
पछिल्लो चार दिनदेखि स्वास्थ्य मन्त्रालयले काठमाण्डौं र ललितपुरका स्वास्थ्य संस्थाहरुमा अनुगमनलाई तिब्र बनाउदै आएको छ । यस क्रममा बिहिवार गोगंबु बसपार्क क्षेत्रमा अनुगमन गरिएका १५ क्लिनिक मध्ये दर्ता विना सञ्चालनमा रहेका तीन वटा संस्थामा सिलबन्दी गरिएको व्यवस्थापन महाशाखाका उप स्वास्थ्य प्रशासक डा. रामराज पन्थीले बताए । सिलबन्दी गरिएका संस्थाहरुमा अकुप्रेसर हेल्थ सेन्टर, एलाइभ हेल्थ क्लिनिक रहेका छन् । त्यसैगरी सन्तोष आयुर्वेद र पानस डेन्टल क्लिनिकलाई दर्ता प्रकृया पुरा गर्न पत्र दिएको डा. पन्थीले जानकारी दिए ।
ललितपुर क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकृत कृष्ण सुवेदीको नेतृत्वमा रहेको टोलीले मानभवन र कुमारीपाटीमा सातबटा क्लिनिकहरुमा सिल गरेको छ । सिल हुनेमा रोएल आयुर्वेद क्लिनिक प्रा.ली., बन्जारा आयुर्वेद क्लिनिक, सास्वत आयुर्वेद क्लिनिक, आयुषा पञ्चक्रम हेल्थ एण्ड रिसर्च सेन्टर, स्माइल प्लस डेण्टल सेन्टर, वेटर स्मइल डेन्टल केयर र एलाइट डेन्टल हस्पिटल रहेका छन् ।
दर्ता प्रकृया विना क्लिनिक तथा फार्मेसी सञ्चालन भइरहेको गुनासो पछि स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा स्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्र बताएको हो ।
फाइल तस्बिर
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>