केयुको भिसी कार्यकक्ष तोडफोड गर्ने पक्राउ

What's This?


Download our app to get more features

काभ्रे २, मंसिर । काठमाडौं विश्वविद्यालय (केयु)का उपकुलपति डा.रामकण्ठ माकजूको कार्यकक्ष तोडफोडमा संलग्न माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विश्वविद्यालय राज्यसमिति सहइञ्चार्ज सुशील खनाललाई प्रहरीले पक्राउ गरेको छ ।


सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न भएकाले सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न अन्यको खोजी तीव्र पारिएको पनि प्रहरीले जनाएको छ ।
पटक पटकको प्रयासमा पनि उपकुलपतिसँग भेट नभएपछि आक्रोशित उनीहरुले कार्यालयमा हम्मरले हानेर तोडफोड गरेका थिए । कार्यालय ढोकाको सिसा, कम्प्युटर, हिटरमा क्षति पुगेको थियो । तोडफोडपछि उनीहरु बाइकमा भागेकाले सुरक्षाकर्मीले उनीहरुलाई समात्न असमर्थ भएका थिए ।
मेडिकल शिक्षामा मेरिटका आधारमा भर्ना गर्नुपर्ने, अध्ययन शुल्क घटाउनुपर्ने, विदेशी विद्यार्थीको कोटा घटाउनुपर्ने, छात्रवृत्ति संख्या बढाउनुपर्ने, सम्बन्धनप्राप्त सबै कलेजमा राजनीतिक अधिकारसहितको स्ववियु निर्वाचन हुनुपर्ने लगायतका मागहरु पेश गरेका थिए ।
अखिल क्रान्तिकारीका सह इन्चार्ज खनालको नेतृत्वमा कात्तिक २९ गते केयुको भिसीको कार्यकक्ष तोडफोड भएको थियो ।

Last modified on 2017-08-03 16:10:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts