दुर्गन्धले स्वास्थ्यमा प्रतिकुल असर



Download our app to get more features

बैतडी, २ मङ्सिर । डम्पिङ साइड नहुँदा सदरमुकामको बजार, पाटन बजार र राजमार्ग दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । 

जिल्लामा रहेका पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा फोहर फाल्ने ठाउँको अभाव रहेकाले फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । 

बजारमा थुप्रेका फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पतालका डा शशि कँडेलले बताए । 

सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित हुने उनको गुनासो थियो । 

सडक छेउमा फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको गोठलापानीका व्यापारी खिमानन्द भट्टले बताए । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ ।

रासस /फाइल तस्बिर
 

Last modified on 2017-08-03 16:12:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts