चिसो र ज्वरोबाट बच्नका लागि अपनाउनुस तुलसीको यो घरेलु उपाय...
यो मौसमको असर हो अथवा तपाईको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएको हो की ? चिसो र ज्वरो लाग्ने अनेक कारण हुन सक्छ । चिसो र ज्वरो यस्तो रोग हो जुन प्रायः कुनैपनि बेला हुन सक्छ र यसबाट आराम पाउनका लागि हामी तुरुन्त औषधी खाईहाल्छौँ ।
औषधी खानाले ज्वरो त कम हुन्छ र कफ पनि आउन बन्द हुन्छ । तर पटक–पटक औषधी खानाले खतरनाक हुन सक्छ । चिसो र ज्वरोको लागि तुलसीको पात उपयोग गर्नु निकै नै फाईदाजनक हुन्छ । तुलसीको विरुवा लगभग सबैको घरमा हुन्छ र यो सजिलै जहाँ पनि पाउन सकिन्छ ।
तुलसीको पात आयुुर्वेदिक गुणले भरिपूर्ण हुन्छ । यसले ईम्यूनिटीलाई बुस्ट गर्नुका साथै तनाव, टाउको दुखाई र इन्फेक्सनबाट जोगाउने काम गर्छ ।
यि तरिकाले तुलसीको पातको उपयोग गर्नु फाईदाजनक हुन्छ :
१. तुलसीको चिया
एक कप पानीमा पाँंच देखि छ तुलसीको पातलाई राम्ररी उमाल्ने । पाँच देखि १० मिनटसम्म उम्लिन दिने त्यसपछि कपमा छानेर दिनमा दुई पटक पिउनाले ज्वरो र चिसोलाई आराम मिल्छ । यसका अतिरिक्त यसले मलेरिया र डेंगूबाट पनि बच्नमा सहयोग गर्छ ।
२. तुलसी वाला दूध
यदि तपाईको ज्वरो कम भईरहेको छैन् भने तुलसी वाला दूध पीउनु उत्तम हुन्छ । यसकालागि तपाईले आधा लिटर दूधमा तुलसीको केहि पात र दालचिनीलाई राम्ररी उमाल्ने । त्यसपछि त्यो दूधमा थोरै मात्रामा चीनी मिसाएर पिउनाले ज्वरो निको हुन्छ । यसले भायरल ज्वरोलाई पनि निको बनाउनमा सहयोग गर्छ ।
३. तुलसीको रस
तुलसीको रस ज्वरो र चिसोमा निकै नै फाइदाजनक हुन्छ । तुलसीको रस बच्चाहरुका लागि विषेश रुपले फाईदाजनक मानिएको छ । १० देखि १५ वटा तुलसीको पातको रस निकालेर प्रत्येक दुई देखि ३ घण्टामा पिउनुपर्छ । यसले चाडै नै ज्वरो निको हुन्छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>