सिरियामा बाल अस्पतालमा हवाई आक्रमण
एजेन्सी । सिरियाको एलेप्पोमा सरकारी सेनाको लडाकु विमानले एक अस्पताल, ब्लड बैंक तथा एम्बुलेन्सलार्य निशाना बनाएर बम आक्रमण गरेको छ ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रहेको बाल अस्पतालसहित ब्लड बैंक र एम्बुलेन्समा भएको आक्रमणमा पाँच बालबालिकासहित २१ जनाको ज्यान गएको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । बायान बाल अस्पतालमा आक्रमण भएको हो । अस्पतालका निर्देशक आक्रमणबाट बच्नका लागि अस्पतालको अण्डरग्राउण्डमा गएको र बाहिर निस्कन नसकेको बिबिसीले जनाएको छ । धेरै संस्थालाई सहयोग गर्दै आएको दि इन्डिपेन्डेन्ट डाक्टर्स एसोसिएशनका अनुसार बायन बाल अस्पताल आक्रमणका कारण नराम्रोसँग क्षतिग्रस्त भएको छ । तीनहप्तासम्म चलेको युद्धविरामपछि गएको मंगलबारदेखि सिरियामा फेरि हवाई आक्रमण सुरु भएको छ ।